रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निम्तो

काठमाडौँ । रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निम्तो गरिएको छ । इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उनीहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन गरेर निमन्त्रणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनीहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ । ‘मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छु,’ राष्ट्रपति विडोडोले भने ।
उनले वार्ता र सम्झौतामार्फत रुससँगको युद्ध अन्त्य गर्न आग्रह गरेको समेत जानकारी दिए । फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिएको विडोडोले बताए ।
विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी २० समूहको सदस्य रुस पनि हो । तर युक्रेन भने सदस्य छैन ।
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
प्रतिक्रिया