पोखरा महानगरमा मेयरका बागी उम्मेदवारलाई लालटिन
मेरोन्यूज
२०७९ वैशाख १७ गते १५:०७

कास्की । पोखरा महानगरको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ । कांग्रेस नेतासमेत रहेका उनले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि अनुरोध गरे पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।
गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले शुक्रबार नै उम्मेदवाररी फिर्ता लिएका छन् ।
यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारलाई लौरो चिन्ह दिइएको छ । मेयरदेखि वडाध्यक्षका उम्मेदवारले अब लौरोबाट भोट माग्न पाउने छन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया