आइतबार, चैत २२, २०८२

२५० किलो बहुमूल्य जडीबुटीसहित महिला पक्राउ

मेरोन्यूज २०७९ वैशाख १७ गते १९:२३

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

शंकास्पद रूपमा फेला परेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

बागलुङबाट काठमाडौँ लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए ।

बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया