मंगलबार, फागुन २६, २०८२

मेन्टर इन्सटिच्युटले अष्ट्रेलिया अध्ययन विशेष ‘एडमिसन डे’ आयोजना गर्ने

मेरोन्यूज २०७९ वैशाख १८ गते १५:२३

काठमाडौं । मेन्टर इन्सटिच्युटले अष्ट्रेलिया अध्ययन विशेष ‘कर्टीन युनिभर्सिटी एडमिसन डे’ को आयोजना गर्ने जनाएको छ । विगत १९ बर्षदेखी विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई नयाँ बानेश्वरको कार्यालयबाट परामर्श प्रदान गर्दै आइरहेको इन्सटिच्युटले वैशाख २२ गते बिहिबार दिनको ११ बजेदेखी ३ बजेसम्म कर्टीन युनिभर्सिटी एडमिसन डेको आयोजना गर्ने जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एडमिसन डेमा विद्यार्थीले नेपालमा रहेका विश्वविद्यालयका प्रतिनिधी सुरित भट्टराईसंग अष्ट्रेलियन एजुकेशन इन्फरमेसन सेन्टर हात्तिसारमा कर्टीन युनिभर्सिटीको भौतिक शैक्षिक वातावरणको विषयमा जानकारी दिनुका साथै २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने इन्सटिच्युटले जनाएको छ ।

मेन्टर इन्सटिच्युटका सञ्चालक एंव आईरीन अध्यक्ष हेमन्त भट्टराईले विद्यार्थीलाई अष्ट्रेलियाको कर्टीन विश्वविद्यालय र यसले प्रदान गर्ने गुणस्तरीय शिक्षा, छात्रवृत्ति, भर्ना प्रक्रियाको विषयमा विद्यार्थी एंव अभिभावकलाई जानकारी दिन एकदिने एडमिसन डेको आयोजना गरिएको बताए ।

मेन्टर इन्सटिच्युट कर्टीन विश्वविद्यालय अष्ट्रेलियाको नेपालकालागि आधिकारीक प्रतिनिधी संस्था हो ।

प्रतिक्रिया