शुक्रबार, माघ १६, २०८२

पाँच वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख १८ गते १९:१७

काठमाडौँ । बझाङमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको छ ।

वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला गत १६ गते बलात्कार गरेको पीडित पक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले बलात्कार गरेको पीडितका बुवाले बताएका छन् । बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया