स्थानीय निर्वाचन सशक्त ढंगबाट सम्पन्न गर्न अध्यक्ष ओलीको जोड

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवर्द्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न स्थानीय तह निर्वाचनलाई सशक्त ढंगबाट सम्पन्न गर्नु पर्ने बताए ।
एकसय ३३औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभामा उनले जनताको मौलिक हकलाई प्रत्याभूत गर्न र आवश्यक भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको इमान्दारी आवश्यक रहेको उल्लेख गरे ।
सो क्रममा अध्यक्ष ओलीले नेकपा एमाले बागमती प्रदेशद्वारा चुनाव केन्द्रीत अभियानलाई समेटिएर तयार पारिएको स्मारिकाको विमोचन गरेका थिए । उनले विभिन्न राजनीतिक दल परित्याग गरी आएका विभिन्न व्यक्तिहरुलाई टीका र खादा लगाई पार्टीमा प्रवेश गराए ।
उक्त अवसरमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले तत्कालीन नेकपाको सरकारले जनतालाई स्वास्थ्य सेवालाई सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको उल्लेख गर्दै स्थानीय निर्वाचनमा शान्तिपूर्ण वातावरणसहित जनताको घरदैलोमा कार्यकर्ताहरु पुगेर उनीहरुको विश्वास जित्नुपर्ने बताए ।
उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रामेश्वर राना र काशिनाथ अधिकारी, हेटौँडा उपमहानगरको प्रमुख उम्मेदवार अनन्त पौडेल र उपप्रमुख उम्मेदवार सुमित्रा काफ्लेले एमालेको नीति कार्यक्रमको घेषणा पत्रका बारेमा चर्चा गरेका थिए ।
















अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया