स्थानीय निर्वाचन सशक्त ढंगबाट सम्पन्न गर्न अध्यक्ष ओलीको जोड

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवर्द्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न स्थानीय तह निर्वाचनलाई सशक्त ढंगबाट सम्पन्न गर्नु पर्ने बताए ।
एकसय ३३औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभामा उनले जनताको मौलिक हकलाई प्रत्याभूत गर्न र आवश्यक भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको इमान्दारी आवश्यक रहेको उल्लेख गरे ।
सो क्रममा अध्यक्ष ओलीले नेकपा एमाले बागमती प्रदेशद्वारा चुनाव केन्द्रीत अभियानलाई समेटिएर तयार पारिएको स्मारिकाको विमोचन गरेका थिए । उनले विभिन्न राजनीतिक दल परित्याग गरी आएका विभिन्न व्यक्तिहरुलाई टीका र खादा लगाई पार्टीमा प्रवेश गराए ।
उक्त अवसरमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले तत्कालीन नेकपाको सरकारले जनतालाई स्वास्थ्य सेवालाई सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको उल्लेख गर्दै स्थानीय निर्वाचनमा शान्तिपूर्ण वातावरणसहित जनताको घरदैलोमा कार्यकर्ताहरु पुगेर उनीहरुको विश्वास जित्नुपर्ने बताए ।
उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रामेश्वर राना र काशिनाथ अधिकारी, हेटौँडा उपमहानगरको प्रमुख उम्मेदवार अनन्त पौडेल र उपप्रमुख उम्मेदवार सुमित्रा काफ्लेले एमालेको नीति कार्यक्रमको घेषणा पत्रका बारेमा चर्चा गरेका थिए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया