चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म-शताब्दी, यसरी सम्झिए प्रियजनले

काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी समारोह’ आज एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व। चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।
बिएलसी होल्डिङ्स प्रालि, वसन्त चौधरी फाउन्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्व. लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरूलाई विशेष सम्मान समेत गरियो । सम्मानित हुनेहरूमा राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङ छन् ।
सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा विमोचन गरेका थिए ।
काठमाडौंमा कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको सुरुवात गरेका थिए । त्यसपछि दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो ।
‘त्यस बेलाका यिनै उद्योगहरूको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैँचा तयार भएको हो’, सार्वजनिक पुस्तिकामा भनिएको छ ‘आज यिनै कर्मयोगी लूनकरणदासले रोपेको उद्योग वाणिज्यको बीउ उम्रिँदै, फूल्दै र फल्दै चौधरी ग्रुपमा रूपान्तरण भई नेपालको उद्योग–वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्भित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ ।’















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया