गठबन्धनको घोषणापत्र :
भरतपुर महानगरलाई बेरोजगारमुक्त बनाउँनेदेखि आइटी पार्क निमार्ण गर्ने सम्म (पुर्ण पाठसहित)

भरतपुर। भरतपुर महानगर समितिले लोकतान्त्रिक बाम गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उक्त प्रतिबद्धतापत्र( घोषणापत्र) मा गोन्द्राङदेखि पुल्चोकसम्म ढलसहित ६ लेनको हाइवे बनाएको उल्लेख छ । भरतपुरमा खानेपानीका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । बााम लोकतान्त्रिक गठबन्धनको जवाफमा संविधान विरोधीहरुको प्रतिगामी मोर्चा बनाइएको गठबन्धनको आरोप छ । राजाबादी शक्तिसँग तिनको खुला सहकार्य, समाजलाई विभाजन गर्ने तिनको षड्यन्त्र र संविधानलाई समाप्त पार्ने तिनको दुष्प्रयासलाई असफल पार्न पाँचदलिय गठबन्धन अझ सुदृढ बनाउँन जरुरी रहेको उल्लेख छ ।
अहिलेसम्म थप १ लाख १० हजार भरतपुरवासीसम्म शुद्ध पानीको पहुँच पुगिसकेको छ चौकीडाँडा, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, देवनगर, मंगलपुर, फूलवारी, पटिहानी, कैलाशनगर, ढोडेनी, आनन्दपुर र धनगढा क्षेत्रका अधिकांश खानेपानी आयोजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेको घोषणा पत्रमा उल्लेख छ ।
‘सड़क पूर्वाधार र यातायातमा त क्रान्ति नै ल्याएका छौं । देशै छक्क पर्ने गरी पछिल्ला पाँच वर्षमा ६२२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४५० किलोमिटर सडक ग्राभेल गरिएको छ ८८४ किलोमिटर लामो महानगरीय चक्रपथ परियोजना प्रारम्भ भई ४०५५ किलोमिटर चक्रपथ त बनिनै सकेको छ वाइपास रोडको विस्तार र स्तरीकरण गरिएको छ भने ३० किलोमिटर लामो भरतपुर मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सड़क निर्माण भइसकेको छ,’घोषणा पत्रमा भनिएको छ ।
यस्तो छ भरतपुर महानगर समितिले जारी गरेको गठबन्धनको घोषणापत्र









शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया