सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिग फुटबलकाे फाइनलमा
मेरोन्यूज
२०७९ वैशाख २२ गते ९:१०

काठमाडौं । म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा ४–३ ले पराजित भएको रियलले पुनरागमन जित निकाल्दै समग्रमा ६–५ ले विजयी भयो । खेलको ७३ औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको छैटौँ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । अब खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाएर रियललाई फाइनल पुर्याए ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया