सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिग फुटबलकाे फाइनलमा
मेरोन्यूज
२०७९ वैशाख २२ गते ९:१०

काठमाडौं । म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा ४–३ ले पराजित भएको रियलले पुनरागमन जित निकाल्दै समग्रमा ६–५ ले विजयी भयो । खेलको ७३ औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको छैटौँ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । अब खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । र, खेलको ९५ औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३–१ को जित दिलाएर रियललाई फाइनल पुर्याए ।
सम्बन्धित









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया