रिक्त रहेका एआइजी र डीआईजी बढुवा निर्वाचनपछि मात्रै

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ ।
स्थानीय तहको निर्वाचनमा जुट्नु पर्ने भएकाले सो निर्वाचन लगत्तै सबै रिक्त पदहरुमा बढुवा सिफारिस गर्ने भएको हो ।
हाल हाल, विश्वराज पोखरेल, सहकुल थापा, रविन्द्र धानुक मात्रै एआइजी रहेका छन् । बाँकी सबै एआइजीहरु अवकाश पाइसकेपछि पाँच एआइजीको दरवन्दी खाली भएको छ ।
धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरिसकेका कारण पोखरेलको पनि पद रिक्त वा यथावत भन्ने एकिन छैन । पोखरेल अहिले ३० दिन विदामा बसेर सर्वोच्च अदालतमा मुद्धा खेपिरहेका छन् ।
प्रहरी प्रधानकार्यालयले उनीहरुको स्थानमा बढुवा गर्न आचारसंहिता लागु भइसकेकाले निर्वाचन आयोगको सहमति लिनुपर्ने हुन्छ । तर निर्वाचन अघि रिक्त रहेको पदमा बढुवा सिफारिस गर्न समय अपुग भएको र सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रीत हुने भएकाले पनि तत्कालै बढुवा नहुने भएको हो ।
हाल एआइजीका लागि उत्तम सुवेदी, दिवेश लोहनी, मुकुन्द आचार्य, अरुणकुमार विसी,पूजा सिंह प्रस्पिर्धामा रहेका छन् । हालका एआईजीमध्येबाट एकजना आईजीपी र चारजना अवकाशमा जाँदा ५ जना एआईजी रिक्त हुन्छ । त्यसपछि बाँकी रहेका डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंह एआईजी हुनेछन् । वसन्तकुमार लामा पनि एआइजी हुने भएपनि उनी जेठ सातमा अवकाश हुनेछन् ।
उनीहरु सबै २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । वसन्त लामा पनि त्यही ब्याचका भए पनि डीआईजी र एआईजीमा रहने उमेर हद ५६ वर्षे भएकाले लामा अवकाश हुनेछन् । लामा अवकाशमा जाने भएपछि नेपाल प्रहरीकोतर्फ एकसाथ २० डीआईजी रिक्त हुनेछ ।
रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा छन । उनीहरु तीन चरणमा बढुवा भएका हुन् । नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ एआईजी सहकुल थापासँगै प्रहरी निरीक्षकबाट भर्ना भएका हुन् । मसउद आलम २०६९ माघ ११ गते तथा अरु दुई जना नलप्रसाद र मोहनकुमार २०७० साउन ४ गते एसएसपीमा बढुवा भएका हुन ।
उनीहरु २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । त्यसपछि २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका दाबेदार हुन । यो ब्याचबाट एकजना आईजीपी पनि हुने सम्भावना छ ।
वैशाख १९ गते आईजीपीको अवकाशपछि यो ब्याचबाट एकजनाले प्रहरीको नेतृत्व गर्ने सम्भावना छ । तर एकसाथ तीन चरणमा भर्ना भएका र तीन चरणमै एसएसपी बढुवा भएका डीआईजी हुने सम्भावना रहेकाले यो ब्याचकै आईजीपी नियुक्त हुने निश्चित भने छैन ।
२०७५ माघमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल एकसाथ एसएसपीमा बढुवा भएका हुन् । तर यीमध्ये पनि दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
एसएसपी भएका अरुभन्दा ५ महिना पछिसम्म उनीहरु प्रहरी सेवामा रहन्छन । भण्डारीसहितको अन्य १० जना भने २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । त्यसपछि २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल, चन्द्रकुवेर खापुङ पनि डीआईजीका प्रतिस्पर्धी हुन् ।
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया