कुकुरलाई हिर्काएको निहुँमा झडप, १० प्रहरीसहित कांग्रेस–नेकपा एसका कार्यकर्ता घाइते
मेरोन्यूज
२०७९ वैशाख २३ गते २०:४९
काठमाडौँ । कुकुरलाई हिर्काएको निहुँमा विवाद हुँदा बाजुराको बुढिनन्दा नगरपालिका ९ पाण्डुसैन झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले २३ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रु ग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणबाहिर गएको छ ।
नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएपछि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेस कार्यकर्ताको आक्रमणपछि नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी चौकी पुगेका थिए ।
कांग्रेस कार्यकर्ताले प्रहरी चौकीमा नै आक्रमण गर्दा १० जना प्रहरी घाइते भएका छन् । कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । झडपमा संलग्न दुवै पक्षका पाँच जना घाइते भएका छन् ।
स्थिति नियन्त्रण लिन जिल्लास्थित सुरक्षा निकायका प्रमुख टोली घटना स्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया