सिरी एः पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा, युभेन्ट्स पराजित

काठमाडौं । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा इम्पोलीलाई ४–२ अन्तरले पराजित गरेको छ । शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।
इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे । जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ ।
अर्को खेलमा युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा जेनोयासंग २(१ अन्तरले पराजित भयो । खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भयो ।
















होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया