बहुविवाह गर्ने दम्पती पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २५ गते १८:५८

महोत्तरी । बहुविवाह कसुरमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीका आधारमा बर्दिबास ३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुंगाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए । दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।
सम्बन्धित
















अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया