आइतबार, माघ १८, २०८२

धनगढीको आफ्नै निवासमा बसे देउवा, प्रचण्ड होटेलमा बस्ने

मेरोन्यूज २०७९ वैशाख २५ गते १९:१४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् ।

प्रधानमन्त्री देउवा धनगढी उपमहानगर ४ स्थित आफ्नै निवासमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रंगशालामा हुने सत्ता साझेदार दलको चुनावी सभालाई सम्बोधन गर्न पुगेका हुन् ।

उक्त चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने नेता रमेश भट्टराईले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौड धुप बढेको छ ।

प्रतिक्रिया