धनगढीको आफ्नै निवासमा बसे देउवा, प्रचण्ड होटेलमा बस्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् ।
प्रधानमन्त्री देउवा धनगढी उपमहानगर ४ स्थित आफ्नै निवासमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रंगशालामा हुने सत्ता साझेदार दलको चुनावी सभालाई सम्बोधन गर्न पुगेका हुन् ।
उक्त चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने नेता रमेश भट्टराईले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौड धुप बढेको छ ।
















लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया