स्थानीय तह निर्वाचन
भोट हाल्न घर जानेको भीड बढ्यो
भोट हाल्न जाने मतदाताहरु उत्साहीत

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड बढेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो ।
काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् ।
काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् ।
गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
















लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया