रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

किभ । रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् ।
यसैबीच, रूसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को सहर ओडेसामा हमला गरेको छ र सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
यसैबीच, युक्रेनको इज्युम सहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएको भन्दा हजारौं बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया