दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे कर्मचारी

लमजुङ । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।
सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मंगलबार मतदात केन्द्रमा पुगेका हुन् । उनीहरूले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्नेलगायतका गतिविधि गर्ने छन् ।
मनाङका चार वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङको नार्पाभूमि गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटीएका छन् ।
निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ । मनाङमा नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँचवटा मतदान केन्द्र कायम भएको छ ।
मनाङमा छ हजार ४९६ मतदाता छन् । जसमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ छन् ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया