होण्डाले ल्यायो “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार
लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउने

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन् ।
साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउने छ । स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १% इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया