मनाङमा ६३ प्रतिशत मत खस्यो

लमजुङ । हिमालपारीको जिल्ला मनाङमा ६३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार चार वटा गाउँपालिकामा राति ९ बजेसम्म सबै बुथबाट मतपत्र आइपुगेपछि मतगणना सुरु गर्ने कार्यतालिका छ ।
खनालले मनाङको विकटमा रहेको नार्पाभूमी गाउँपालिकाको केन्द्रमा मतपत्र आइपुग्न पाँच घण्टा लाग्ने बताए । मनाङको सदरमुकाम चामेमा रहेको चामे गाउँपालिकामा कूल ७ सय ११ मतदाता रहेकोमा ६ सय १० (८६) प्रतिशत मत खसेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५ सय ३५ मतदाता रहेकोमा १ हजार ६ सय ५७ अर्थात् ४७ प्रतिशत मत खसेको छ ।
यस्तै मनाङको नासों गाउँपालिकामा कूल मतदाता १ हजार ८ सय २ रहेकोमा १ हजार ४ सय ९६ अर्थात् ८३ प्रतिशत मत खसेको छ । मनाङको विकट नार्पाभूमी गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात् खसेको मतको ६८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया