मकवानपुरमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो

हेटौंडा । मकवानपुर जिल्लामा मतदान सकिएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । बिहान सात बजे शुरु भएको १० वटै पालिकाको मतदान सकिएको र मतपेटीका संकलन कार्य शुरु भएको मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका थिए । त्यसमध्ये प्रारम्भिक अनुमान अनुसार करिब ६५ प्रतिशत मतदान भएको उनले बताए । यद्यपी यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको शर्माले बताए । हेटौंडा उपमहानगरपालिकाको मतपेटिका संकलन भइरहेको र पानी परेका कारण केही ढिलाई भएकाले सर्वदलीय बैठकमा सहमति जुटेमा मत गणना भोलीबाट मात्रै हुने शर्माले बताए । यद्यपी सर्वदलीय बैठकको निर्णय अनुसार आज नै मतगणना शुरु हुन पनि सक्ने उनले बताए ।
स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३ हजार २ सय जना सुरक्षाकर्मी परिचालन भएको थियो । १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, ५ सय जना नेपाली सेना, ४ सय सशस्त्र प्रहरी र ९ सय जना नेपाल प्रहरी खटाइएको थियो ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया