बुधबार, फागुन २०, २०८२

१६०० मत गन्दा पोखरामा कसले कति मत पाए ?

मेरोन्यूज २०७९ जेठ १ गते ७:१३

काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ।

Advertisement
nepal life insurencenepal life insurence

१ हजार ६०० मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८१ मतसहित अग्रता बनाएका छन्।

उनलाई नेकपा एमालेका कृष्ण थापाले ४१६ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्। गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी कोपिला रानाभाटले ५४६ मत ल्याएर अग्रता बनाएकी छन्।

उनलाई नेकपा एमालेकी मञ्जुदेवी गुरूङले ४३६ मत ल्याएर पछ्याइरहेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया