काठमाडौं महानगरपालिका १ मा एमाले विजयी
वडा अध्यक्षको भन्दा मेयर उम्मेदवार स्थापितको आधा कम मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेले वडाध्यक्ष जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका हुन्।
वडाध्यक्ष विजयी भए पनि एमालेकै मेयर उम्मेदवार केशव स्थापितले भने यहाँ उनको भन्दा आधा मत मात्र पाएका छन्।
एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन्। तर यो वडाबाट एमालेकै मेयर उम्मेदवार स्थापितले भने आधा मत पाएका छन्। यहाँ उनको मत ३ सय ६५ आएको छ।
वडा नम्बर एक नक्साल, नारायणहिटी, नागपोखरी क्षेत्रमा पर्छ। यो वडामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्। कांग्रेसकै मेयर उम्मेदवार सिर्जना सिंहले भने यहाँबाट ५ सय ५१ मत पाएकी छन्।
यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा बढी भोट पाउने बालेन शाह हुन्। उनले ७ सय ८३ मत पाएका छन्। यहाँबाट स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीले २०१ मत पाएका छन् भने राप्रपाका मेयर उम्मेदवार मदनदास श्रेष्ठले सय भोट ल्याएका छन्।
यो वडामा ३ हजार ७ सय ४० मतदाता भए पनि खसेको मत भने २ हजार ७९ थियो।















रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया