वृषलाई आज कामबाट मानसम्मान मिल्ने ,तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज २ जेठ, २०७९ सोमबार । तद्नुसार मे महिनाको १६ तारिक २०२२ । वैशाख शुक्लपक्ष चण्डीपूर्णिमा बुद्ध जयन्ती, गोरखनाथ जयन्ती र बैशाखस्नान समाप्ति समेत छ । बौद्ध धर्ममा प्रवर्तक भगवान गौतमबुद्धको आज जन्मजयन्ती हो । देशभर बौद्ध गुम्बा र लुम्बिनीमा विशेष पूजा आरधना हुने गर्दछ । आज बिहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ६ः४७ मा हुनेछ ।आज बिहानदेखि रात्रीसम्मको कुनै पनि समय देवालय र शिवालय यात्रा फलदायी हुनेछ । विशेषगरी सोमबारको दिन शिवालय जाने प्रचलन छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिका जातकका लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ ।
वृष
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।
मिथुन
आजको समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।
कर्कट
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन शुभ छ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन मौन रहनु र एकान्तमा बसेर आफ्नो काममा ध्यान दिनु उत्तम हुनेछ ।
तुला
कामले सफलता प्राप्त गर्नेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । सूर्योदयको दर्शन गर्नु होला । चन्द्रमाको साथ छ । फल प्राप्ति हुनेछ ।
वृश्चिक
आजको दिन यात्रा अवरोध आउनसक्छ । नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।
धनु
तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।
मकर
अर्थलाभ हुने संभावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।
कुम्भ
यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।
मीन
मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला शिवालय यात्राले आत्मबल बृद्धि हुँदै जानेछ ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया