कांग्रेस नेता बडुको गृह जिल्लाको सबै स्थानीय तहमा बामपन्थी विजयी

काठमाडौँ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुको गृह जिल्ला दार्चुलाका सबै स्थानीय तहको प्रमुखमा कम्युनिस्ट पार्टीहरूले जितेका छन् । कांग्रेसका केन्द्रीय नेतासमेत रहेका बडुको गृह जिल्लामा कांग्रेसले कुनै स्थानीय तहको प्रमुख पदमा विजयी हुन नसकेको हो । यद्यपि, कांग्रेसले माओवादी केन्द्रसँग एकतासमेत गरेको थियो ।
कांग्रेससँग गठबन्धन गरेको माओवादीले भने आफ्ना भागमा परेका चार पालिका प्रमुख जितेको छ । माओवादीले प्रमुखमा चार र उपप्रमुखमा दुई गरी ६ उम्मेदवार उठाएको थियो ।
६ जनामा चार प्रमुख र एक उपप्रमुखमामा माओवादीले नेतृत्व लिइसकेको छ । ब्यास गाउँपालिकामा भने मत परिणाम सार्वजनिक भएको छैन । यहाँ उपाध्यक्षमा माओवादीका उम्मेदवार अगाडि छन् ।
कांग्रेसले प्रमुखका लागि पाएका पाँच वटै सिटमा हारेको छ । माओवादीका भोट कम हुनु, टिकट वितरणलाई लिएर असन्तुष्टि बढ्दा कांग्रेसले पराजय भोगेको छ । उपाध्यक्षका लागि पाएका चारमध्ये तीनमा भने कांग्रेस विजयी भएको छ । एक्लै चुनाव लडेको एमाले भने गत चुनावको भन्दा यसपटक बलियो देखियो ।
योपटक भने कांग्रेसका साथ पाएपछि माओवादीले थप तीन ठाउँमा जितेको छ। अपी हिमाल, मार्मा नौगाड र लेकम गाउँपालिका नेकपा माओवादीले विजयी भएको हो ।









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया