उद्योगमन्त्री बडूको जिल्लामा कांग्रेस ‘क्लीन स्वीप’
दार्चुलाका ९ स्थानीय तहमध्ये ५ मा एमाले र ४ मा माओवादीको जित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ। एमाले र माओवादीले कांग्रेसलाई दार्चुलाको कुनै पनि स्थानीय तहको प्रमुख जित्न दिएनन । दार्जुलाको ९ स्थानीय तहमध्ये एमालेले ५ पालिकाको प्रमुख जितेको छ । त्यसैगरी माओवादी केन्द्रले ४ पालिका जितेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच वटा पालिकामा जित हात पारेको थियो। २०७४ सालमा कांग्रेसले दार्चुलाको महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिका जिेतको थियो । तर यसपटक कुनै पनि पालिकाको नेतृत्व कांग्रेसले जोगाउन सकेन ।
जिल्लाका दुवै नगरपालिकाको प्रमुखमा एमालेले जित निकालेको छ । ०७४ को स्थानीय तहमा कांग्रेसले महाकाली नगरपालिका जितेको थियो ।
एमालेले जितेका पालिका
१) दुहुँ गाउँपालिका, अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल (एमाले)
२) ब्यास गाउँपालिका, अध्यक्ष, मंगलसिंह धामी (एमाले)
३) महाकाली नगरपालिका, प्रमुख, नरसिंह चैसिर (एमाले)
४) शैल्यशिखर नगरपालिका, प्रमुख, विजयसिंह धामी (एमाले)
५) मालिकार्जुन गाउँपालिका , अध्यक्ष, हिरासिंह धामी (एमाले)
माओवादी केन्द्रले जितेका पालिका
१)अपि हिमाल गाउँपालिका , अध्यक्ष, भक्तसिंह बोहोरा (माओवादी केन्द्र)
२) नौगाड गाउँपालिका, अध्यक्ष, दलजीत सिंह धामी (माओवादी केन्द्र)
३) मार्मा गाउँपालिका, अध्यक्ष, जमनसिंह धामी (माओवादी केन्द्र)
४) लेकम गाउँपालिका , अध्यक्ष, रामदत्त जोशी (माओवादी केन्द्र)
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया