नुवाकोटको ककनीमा फेरि माओवादी विजयी

नुवाकोट । काठमाडौंसँग सीमा जोडिएको नुवाकोट जिल्लाको ककनी गाँउपालिका फेरि माओवादीले जितेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष दुवै पदमा जितेको हो ।
माओवादीका सुमन तामाङले ४ हजार ९०९ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्दन्द्दी कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याएका थिए । एमालेका काशीराज अधिकारीले भने ३६१२ मत पाएका थिए ।
राप्रपाका तेज बहादुर लामाले ११०९ मत पाएका थिए ।
मओवादीका तामाङ माओवादी युद्धकालमा भारतमा प्रक्राउ परी जेल बसेका नेता हुन् । यस अगाडी त्यहाँ माओवादीका मानवहादुर तामाङ अध्यक्ष थिए । यसपटक उम्मेदवार छनौटमा समेत सुमनले मानवहादुरलाई आन्तरिक गाँउ पार्टी कमिटिको चुनावमै पराजित गरेर टिकट पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मिठु माया लामा तामाङ विजयी भएकी छिन् । उनले ४१७४ मत पाएकी थिइन् । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका प्रमिसा तामाङले ३८३० मत पाएकी थिइन् । एमालेकी लजिता लामा तामाङले ३७७१ म्त पाएकी थिइन् ।
यो पालिकामा कुनै पनि दलका वीचमा गठबन्धन भएको थिएन ।
आठ वटा वडा रहेको यो पालिकाको वडा नम्बर १ मा माओवादीका पदमवहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ मा कांग्रेसका तिलक वहादुर लामा, वडा नम्बर ३ मा माओवादीका घननाथ बजगाई, वडा नम्बर ४ मा एमालेका सोनाम लामा, वडा नम्बर ५ मा कांग्रेसका बुद्धराज लामा, वडा नम्बर ७ मा माओवादीका लक्ष्मण तामाङ, वडा नम्बर ७ मा कांग्रेसका रामकृष्ण तामाङ र वडा नम्बर ८ मा एमालेका शेषमान लामाले वडा अध्यक्ष जितेका थिए ।















रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया