दलाई लामा भेटेर नेपाल आएकी अमेरिकी उपमन्त्रीको देउवासँग भेटवार्ता आज
तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक समेत रहेकी उपमन्त्रीको भ्रमणमा चिनियाँ पक्षको गम्भिर चासो

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले आज नेपालका प्रधानमन्त्री देखि विशिष्ट ब्यीक्तहरुसँग उच्चस्तरीय भेटवार्ता गदैछिन् ।
तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार दिल्लीमा भेटेर नेपाल आइपुगेकी उनको भ्रमणलाई चिनियाँ पक्षले पनि निक्कै चासोका साथ हेरिरहेको छ ।
उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार दिँउो एयर इन्डियाबाट काठमाडौं उत्रिएकी थिइन् ।
उनले आज प्रधानमन्त्री शेरवहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, गृह मन्त्री बालकृष्ण खाँण र मुख्य-सचिव शंकरदास वैरागीसहितका अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो ।
जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् । उपमन्त्री जियाले शनिबार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तिब्बती शरणार्थीका अगुवालाई नै उनले भेटने गरी कार्यक्रम बनाएको देखेपछि चिनियाँ पक्षले भने गम्भिर चासोका साथ उनको भ्रमणलाई लिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर जियाको भ्रमणबारे चासो जनाएकी थिइन् । जियाले भारतको धर्मशालामा दलाई लामा र तिब्बती अधिकारीहरूसँग गरेको भेटवार्ताप्रति दिल्लीस्थित चिनियाँ राजदूतावासले असन्तोष व्यक्त गरिसकेको छ ।
उनले नेपालका प्रधानमन्त्री देखि अन्य उच्च पदस्थ अधिकारीहरुसँगको भेटवार्ताका बारेमा के चासो राख्छिन् भन्ने बारेमा चिनियाँ पषले गम्भिर चासो राखेको देखिएको छ ।
तर नेपालका अधिकारीहरुले भने नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा मात्र छलफल हुने बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जियाले नेपालमा आफ्नो पद अनुसार मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गर्ने बताइन् । ‘उहाँ (जिया) को भ्रमणमा दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन्, ‘उहाँको व्यक्तिगत जिन्दगी, व्यक्तिगत भ्रमण र दूतावासले गरेको ९तय गरेको० कति कुरा हुन्छन् । त्यसमा हामी धेरै जानकार हुँदैनौं ।’
















अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा ‘दिपल एस०७’
52 polling stations in Jumla are highly sensitive
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित
यामाहा रेजेडआरको ‘माइलेज लिग’ सम्पन्न, उत्कृष्ट प्रदर्शनको दाबी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया