भरतपुरमा मत बढाउँदै जगन्नाथ पौडेल, रेनु र विजयको मतान्तर कति ?
मेरोन्यूज
२०७९ जेठ ७ गते १४:१७

काठमाडौँ । भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार कमजोर बन्दै गएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत पाएका छन् ।
सुवेदीलाई पछि पार्दै सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले बलियो अवस्थामा पुगेकी छन् । उनले गणना भएको मतमध्ये २९ हजार ४७८ मत पाएकी छन् । उनी सुवेदीभन्दा ५ हजार ७३३ मतले अगाडि रहेकी छन् ।
यस्तै, नेपाली कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि रहेका छन् । उनले ३१ हजार ८२४ मत पाएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी हिमला गुरुङले हलो चिन्हमा १८ हजार ४०१ मत पाएकी छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया