मेयरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित

धनगढी । सुदूरपश्चिमकै एक मात्र उपमहानगर धनगढीमा स्वतन्त्र उम्मेदवारले जित सुनिश्चित गरेका छन् । धनगढीमा खसेको ६३ हजार ७१५ मतमध्ये शनिबार दिउँसोसम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५४१ मत ल्याएका छन् ।
उनी दलका उम्मेदवारभन्दा १० हजार मतले अगाडि छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत पाएका छन् । एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत मात्रै पाएका छन् ।
अब धनगढीमा करिब साढे १२ हजार मत गन्न बाँकी छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना छैन । त्यसैले धनगढीमा स्वतन्त्र उम्मेदवार विजयी हुने सुनिश्चित भएको हो ।
धनगढीका १९ वडामध्ये १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मत गणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएकामध्ये १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यसैगरी वडा नम्बर ७, ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । धनगढी १३ को मत गणना अन्तिम चरणमा छ भने वडा नम्बर ९, १०, ११, १२ को मत गणना जारी छ ।
यसअघिको स्थानीय निर्वाचनमा हमालले धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृप बहादुर वडसँग २७ सय मतले पराजित भएका थिए । यसपटक उनै वडलाई हमालले पराजित गर्ने भएका छन् ।
















पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया