काठमाडौँ ३१ को वडाध्यक्षमा एमाले विजयी, मेयरमा बालेन साहले पाए दोब्बर मत
मेरोन्यूज
२०७९ जेठ ७ गते २०:१०

काठमाडौँ । काठमाडौँ महानगर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा एमालेका सरोज ढकालले चार हजार ७६७ मत पाउँदै विजयी भएका हुन् ।
उनको प्रतिद्वन्द्वी कांग्रेसका प्रकाश रानाले दुई हजार ९९१ मत मात्रै पाए । वडाको खुल्ला सदस्यमा एक जना कांग्रेसका उम्मेदवार विजयी भए ।
वडाध्यक्षमा एमाले विजयी भए पनि मेयरतर्फ उक्त वडामा केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले दुई गुणा बढी मत पाएका छन् ।
स्थापितले दुई हजार ७९ मत पाएका थिए भने बालेनले चार हजार १७९ मत पाए । यसैगरी कांग्रेसका उम्मेदवार सिर्जना सिंहले दुई हजार ४३७ मत पाएकी छन् ।
सम्बन्धित
















बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया