बाराकाे महागढीमाईमा विजय जुलुस झडप
मेरोन्यूज
२०७९ जेठ ९ गते ७:१५

बारा । महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ । महागढीमाई नगरपालिका २ स्थित ईनर्वाटोलमा झडप भएको हो ।
कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए ।
झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना आइतबार भएको हो ।
सम्बन्धित
















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया