सपथ लगत्तै टोकियो जाँदै अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी
मेरोन्यूज
२०७९ जेठ ९ गते ८:१५

सिड्नी । एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।
क्वाड राष्ट्रका सदस्यहरु —अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।
शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।
झन्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया