नेपालमा रहेकी बालिकाबारे अमेरिका र भारतको कुटनीतिक द्वन्द्व !

काठमाडौं । गत वैशाख ७ गते दिउँसो राजधानीको कालिकास्थानस्थित अध्यागमन कार्यालयमा एका एक हल्ला मच्चियो । एउटा पुरुष र दुई महिलाबीच एउटी बालिका खोसाखोस हुँदा हल्ला मच्चिएको थियो ।
हो-हल्ला र असहज स्थिति बन्न पुगेपछि अध्यागमन विभागले हस्तक्षेप समेत गरेको थियो । अमेरिकी नागरिक करन गोएल र भारतीय नागरिक कनिका लुथ्राबीच एउटी बालिका खोसाखोसको अवस्था सिर्जना भएको थियो । ति बालिका करन र कनिकाकी छोरी हुन् ।
खोसा-खोसकैबीच स्थिति जटिल बन्दै गएपछि अध्यागनम विभागले दुबै जनालाई एउटा कोठामा राखेर विवाद मिलाउने जमर्को गरेको थियो । उक्त छलफलमा नेपालस्थित अमेरिकी र भारतीय दूतावासका अधिकारीहरू समेत सहभागी थिए ।
करन आफ्नो छोरीका लागि भिसा लिन अध्यागमन विभाग पुगेका थिए तर दुवैपक्षबीच विवाद भएपछि उनी भिसाको केही कामै नभई फर्किएका थिए ।

कनिकाले आफ्नी ८ वर्षीया छोरी मेहरलाई करनले चोरेर ल्याएको र नेपालबाट अमेरिका लैजान लागेको बताएकी थिइन् । भारतीय सर्वोच्च अदालतको आदेशपछि मेहर सन् २०१७ देखि कनिकासँगै रहँदै आएकी थिइन् ।
गत अप्रिल १३ देखि ५ दिनका लागि भारतीय उच्च अदालतले राहदानी जमानतमा राखेर करनलाई छोरी मेहरलाई उनीसँगै राख्ने अनुमति दिएको थियो । तर, छोरी फिर्ता नगरि स्थल मार्ग हुँदै करन काठमाडौं आइपुगेको र अमेरिका जान लागेको कनिकाले जनाएकी थिइन् ।
ओरिजिनल पासपोर्ट भारतको अदालतमा राखेपनि करनले अर्कै पासपोर्ट प्रयोग गरेर अमेरिका जान लागेको कनिकाको दाबी छ । कनिका करनको पुर्व श्रिमती हुन् ।
अमेरिका र भारतको कुटनितिक द्वन्द्व चुलियो
अहिले यो विषय करन र कनिकाको मात्रै नभई भारत र अमेरिकाको कुटनीतिक विषय समेत बन्न पुगेको छ । स्रोतका अनुसार अमेरीकाले करनको पक्षमा सहयोग गर्न आग्रह गरेको छ भने भारतले समेत आफ्नो पक्षमा सहयोग गर्न आह्वान गरेको पाईएको छ ।
गत जेठ ६ गते (शुक्रबार) नेपाल भ्रमणमा आएकी अमेरिकी विदेश संयोजक उज्रा जियाले बालिका र परिवारको विषयमा चासो व्यक्त गरेकी उच्च स्रोत बताउँछ ।

अमेरिकी विदेश संयोजक जियाले प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा सो बालिकाको विषयमा कुरा गरेकी थिईन् । ति बालिकालाई अमेरिका लैजाने प्रवन्ध मिलाउन समेत प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेश संयोजक जियाले आग्रह गरेको स्रोतको दाबी छ ।
जवाफमा नेपाली पक्षले अदालतमा विचारधीन विषयमा केही गर्न नसकिने बताएका छन् । अमेरिकी विदेश संयोजक जियाले यो विषयमा चासो देखाएसँगै भारत र अमेरिकाबीच कुटनितिक चासेको विषय बनेको स्पष्ट भएको छ ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया