बुटवलमा १२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष घटना स्थलबाटै पक्राउ
मेरोन्यूज
२०७९ जेठ ९ गते १७:१९
रूपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय एक पुरूषलाई पक्राउ गरेको छ ।
बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बलात्कारको आरोपमा बुटवल उपमहानगर ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल पक्राउ परेका छन् ।
उनलाई आइतबार साँझ घटना स्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको स्वीकारेका छन् ।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी अभिभावकको साथमा पठाइएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया