२४ लाख रुपैयाँको खैरो हेरोइनसहित ६ जना पक्राउ
काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले २४ लाख बराबरको खैरो हेरोइन (ब्राउन सुगर)सहित ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोले विभिन्न समयमा २४६ ग्राम खैरो हिरोइनसहित ६ जनालाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका २७ वर्षीय विवेक त्वायना, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका घर भएका ३४ वर्षीय कर्ण बहादर सेलिङ, झापाको शिवसताक्षी नगरपालिका घर भएका २४ वर्षीय सोनम भन्ने योगेश कुमार सेलिङ, झापा भद्रपुर घर भएका १९ वर्षीय हरदिप राजवंशी, भारत पश्चिम बगाल, पानीटयाङकी घर भएका २३ वर्षीय अर्जुन रोय र भारत पश्चिम बंगाल, पानी ट्याङकी घर भएका २१ वर्षीय सुरेन बरमन रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत लागु औषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया