केशव स्थापितभन्दा बालेन शाह २० हजार मतले अगाडि, अब गन्न बाँकी मत कति ?
मेरोन्यूज
२०७९ जेठ ९ गते २०:१५

काठमाडौं । काठमाडौं महानगरमा अझै ५० हजार मत गणना गर्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार अब ५० हजार १८० मत गणना गर्न बाँकी भएको हो ।
सम्पन्न भएको मत गणनामध्ये स्वतन्त्र उम्मेदवार बालेन साहले ४७ हजार ७५२ मत पाएका छन् । उनी सर्वाधिक मतसहित अग्र स्थानमा रहेका छन् । उनी सुरुवाती चरणदेखि नै अग्र स्थानमा रहँदै आएका छन् ।
यस्तै, सत्ता गठबन्धनका लागि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् । उनी दोस्रो स्थानमा रहेकी छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । उनले २७ हजार ९७७ मत पाएका छन् ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया