मंगलबार, माघ २०, २०८२

सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदैं

मेरोन्यूज २०७९ जेठ १० गते ७:२५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।

नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ ।तर यो पटक चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।
नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र चुनावमुखी लोकप्रिय कार्यक्रमहरुमा बढी केन्द्रीत हुने भएको छ ।

आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने तयारी छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

प्रतिक्रिया