डेब्यु प्रतियोगितामै गुजराज फाइनलमा

काठमाडौं । राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटको डेब्यु प्रतियोगितामै फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन जोडे । कप्तान हार्दिक पाण्डयले अविजित ४० रनको योगदान गरे ।
यसअघि कोलकता टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाए । पराजित राजस्थानलाई अब इलिमिनेटरमार्फत फाइनल पुग्ने अवसर छ । दोस्रो क्वालिफायरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनल प्रवेशका लागि राजस्थानसंग खेल्नेछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया