स्थानीय चुनाव समीक्षा
डडेलधुरामा देउवा कति सुरक्षित ?
वाम गठबन्धनको अवस्थामा वाहेक देउवालाई संसदीय चुनावमा डडेलधुरामा जित निकाल्न धेरै नै सहज

धनगढी । प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा यसपटक कांग्रेसले आफ्नै पार्टीका विद्रोहीको पनि सामना गर्नुप¥यो । विगतमा देउवासँगै अति निकट रहेका र कांग्रेसको डडेलधुरा जिल्ला सभापति चलाईसकेका कर्ण मल्ल यसपटक देउवाका विरोधी बनेर निस्किए ।
कांग्रेसको १४ औं महाधिवेशन देखि नै उनी विद्रोही बने । अन्ततः उनले कांग्रेस विपिको नाममा डडेलधुरामा एमालेसँग मिलेर कांग्रेससँग नै चुनावी प्रतिस्पर्धा गरे । डडेलधुरामा स्थानीय चुनावमा सत्ता गठबन्धन दलका वीचमा चुनावी तालमेल थिएन । गठबन्धन दलले एक्लाएक्लै चुनाव लडेका थिए । बरु त्यहाँ एमालेले कांग्रेसकै विद्रोही समुह (कांग्रेस विपि) सँग तालमेल गरेर चुनाव लडेको थियो ।
परिणामतः २ नगरपालिका र ५ गाँउपालिका सहित ७ स्थानीय तह रहेको डडेलधुरामा प्रधानमन्त्रीको पार्टी नेपाली कांग्रेसले दुई नगरपालिका सहित थप ३ गाँउपालिका गरेर ५ पालिकाको प्रमुख जितेको छ । माओवादी केन्द्रले बाँकी २१ गाँउपालिका प्रमुख जितेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले एक नगरपालिकासहित ४, एमालेले एक नगरपालिका सहित २ र माओवादी केन्द्रले एक पालिका मात्र जितेको थियो ।
तर अहिले परिणाममा कांग्रेसले गत चुनावमा भन्दा देउवाको निर्वाचन क्षेत्र रहेको डडेलधुरामा दुवै नगरपालिका र ३ गााउपालिका सहित ५ पालिकामा प्रमुख पद जितेको छ ।
अमरगढी नगरपालिकाको नेतृत् वगत चुनाववाट यसपटक कांग्रेसले खोसेको छ । कांग्रेसले जितेको नवदुर्गा गाँउपालिका पनि यसपटक कांग्रेसले नै जितेको छ । बरु यसपटक कांग्रेसले जितेको आलिताल गाँउपालिका माओवादीले खोसेको छ । माओवादीले विगतमा जितेको अजयमेरु गाँउपालिका यसपटक पनि जितेको छ ।
बाँकी गन्यापधुरा गाँउपालिका, भागेश्वर गााउपालिका र परशुराम नगरपालिका कांग्रेसले विगतको विरासत कायमै राखेको छ ।
यस हिसावले हेर्दा प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गत स्थानीय तह चुनावमा भन्दा कांग्रेस बलियो नै देखिएको छ । पार्टीकै पूर्व जिल्ला सभापति रहेका कर्ण मल्ले विद्रोह गरेर एमालेसाग मिलेपनि एमालेले कुनै पनि पालिका नजित्नु र गत चुनावमा भन्दा थप पालिका कांग्रेसले जित्नुले देउवालाई स्थानीय तह चुनाव सापेक्षित रुपमा सहज बनेको छ ।
मतभार कस्तो ?
डडेलधुराको ७ वटै पालिकाको प्रमुख पदमा उठेका मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको मतभार जोडदा कांग्रेसको सवैभन्दा वढी छ । कांग्रेसको ७ वटै पालिकाका अध्यक्ष÷प्रमुखको मत जोडदा २२ हजार १३९ मत आएको छ । एमालेले कांग्रेस विपिसहितसाग तालमेलका आधारमा उठेको (प्रमुख अध्यक्ष उठेको पद र विपिलाई प्रमुख छोडेर उपप्रमुख÷उपाध्यक्ष पदमा उठेको मत सहित जोडेर) १३ हजार १७ मत पाएको छ ।
मओवादी केन्द्रका अध्यक्षका उम्मेदवारहरुको मत जोडदा कुल १३७८९ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, स्वतन्त्र लगायतको मत जोडदा ५ हजार ८१० मत सात वटै पालिकाबाट अध्यक्ष÷प्रमुख पदमा उठेका उम्मेदवारले ल्याएको देखिन्छ ।
हेर्नुहोस् तालिका
संसदीय चुनावमा कस्तो पर्ला असर ?
संघीय संसदमा एउटै मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट प्रधानमन्त्री शेरवहादुर देउवा निर्वाचित जनप्रतिनिधी हुन् । गत संघीय चुनावमा एमाले–माओवादी बाम गठबन्धन बनाएर चुनाव लडेका थिए । त्यउसवेला पनि प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव जितेका थिए ।
देउवाले प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता खगराज भट्टलाई ६,९२९ मतान्तरले पराजित गरेका थिए । देउवाले २८,०४४ मत ल्याएर जितेका थिए भने भट्टले २१,११५ मत प्राप्त गरेका थिए ।
०७९ वर्षमै संघ र प्रदेशको चुनाव पनि हुँदैछ ।
यस आधारमा स्थानीय तहमा अहिले राजनीतिक दलहरुले पा्रप्त गरेको मतभार विश्लेषण गर्दा प्रधानमन्त्री देउवालाई जित निकाल्न सहज देखिन्छ । कांग्रेसका बागी विद्रोहीको चुनौतिलाई समेत परास्त गरेर देउवा कांग्रेस, एमाले र माओवादी लगायतका दलहरु अलग अलग चुनावी प्रतिस्पर्धा गर्दा सम्म उनलाई जित्न सहज देखिन्छ ।
केन्द्रमा अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको गठबन्धन छ । आउने संघ र प्रदेशको चुनावसम्म यो गठबन्धन कायमै गरेर जाने गठबन्धनमा आवद्द कांग्रेस र माओवादी केन्द्रका नेताहरुले बताईरहेका छन् ।
तर फेरि एमाले र माओवादीलाई बाम गठबन्धन बनाउन पनि स्थानीय तहको चुनावी परिणाम पछि उत्तिकै प्रेसर पर्न सक्ने पनि देखिएको छ । कथंकदाचित कांग्रेसलाइ ०७४ कै जस्तो गरी एक्लाएर बाम गठबन्धन निर्माण भएछ भने मात्र देउवालाई आउने संसदीय चुनावमा असर पर्न सक्छ । अन्यथा देउवा सहज जित्ने स्थानीय तह निर्वाचन परिणामले देखाएको छ ।
देउवाको पार्टी एक्लैको स्थानीय तह चुनावमा २२ हजार १३९ मत छ । तर एमाले र माओवादीले् बाम गठबन्धन गरेको खण्डमा एमाले र माओवादीले अहिले स्थानीय तहमा ल्याएको मत २६ हजार ८०६ हुन आँउछ । त्यसमा नेकपा एकीकृत समाजवादी कता खुल्छ ? त्यसले पनि चुनावी परिणाम निर्भर हुन सक्छ ।
वाम गठबन्धन गर्दा मात्र देउवासँग प्रतिस्पर्धा हुन सक्ने र अन्यथा देउवालाई एमाले माओवादीले चुनौति दिन नसक्ने स्थानीय तह चुनावको मतभारले देखाएको छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया