दुल्लु नगरपालिकाले ५० युवालाई ड्राइभिङ तालिम दिने

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो ।
युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका बेला युवाहरूलाई रोजगारी दिने प्रमुख एजेन्डा थियो,’ उनले भने, ‘स्वही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरूलाई सवारी चालक तालिमको सुरुवात गरिएको हो ।’
नगरपालिकामा रहेका १३ वडाका युवाबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र पछि पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार सम्बन्धी सिप सिकाउने लक्ष्य रहेको नगरप्रमुख रिजालले बताए ।
एक महिनासम्म युवालाई सवारी चालक तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र प्नदान गरिनेछ ।















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उद्योग र श्रममन्त्रीद्वारा शपथ
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया