जब अक्षय कुमारको पृथ्वीराजलाई पहिरन जुटाउनै दुई वर्ष लाग्यो

काठमाडौं । अभिनेता अक्षयकुमार ऐतिहासिक फिल्म ‘पृथ्वीराज’लाई लिएर निकै चर्चामा छन् । यो फिल्म ३ जुनमा रिलिज हुँदैछ । यो फिल्मका कलाकार फिल्म प्रमोसनमा व्यस्त छन् ।
यो एक कालखण्डको फिल्म हो, जसमा सम्राट पृथ्वीराजको शोर्य गाथालाई देखाइएको छ । तर, यो फिल्मको छायांकन गर्न त्यति सजिलो भने थिएन । किनकी कुनै पनि ऐतिहासिक कालखण्डको कथालाई फिल्ममा देखाउदा त्यसको कथाले दर्शकलाई छुवाउनेदेखि लिएर त्यसको पृष्ठभूमि र ९ सय वर्ष पुरानो भारत देखाउन आवश्यक थियो । जसका लागि निर्मातादेखि प्राविधिक सबैले निकै पसिना बगाउनु नै परेको थियो ।
यो फिल्ममा १२ औं शताब्दीको दिल्ली, कन्नौज र राजस्थान देखाउन त्यति सजिलो थिएन । त्यो समयमा भारत कस्तो थियो भन्ने सबैमा चासो थियो । त्यही चासोलाई पुरा गर्न फिल्मकर्मीले निकै मिहिनेत गरेका थिए । फिल्मकै लागि करोडौंको लागतमा सेट बनाइयो र त्यही सुटिङ पुरा भयो ।
तर निर्माताहरुलाई सेटभन्दा पनि बढी तनाव कलाकारको पहिरनले दियो । किनकी फिल्ममा अलगअलग प्रान्तका मानिस देखाइनुपर्ने थियो । त्यहीकारण ती प्रान्तका मानिससँग जोडिएर पहिरन डिजाइन गर्नुपर्ने थियो । तर राजस्थानको धौलपुरमा बस्ने सञ्जीव राज परमारले यो काम पुरा गरे ।
फिल्मका लागि चाहिने आवश्यक कपडा, आभुषण कस्तो हुनेछ भनेर सञ्जीवले करिब ६ महिनादेखि यसको अनुसन्धान गरे । उनी विभिन्न स्थानमा पुगे र आवश्यक जानकारी संकलन गरेपछि पहिरन तयारको काम सुरु गरे । जयपुर, जोधपुर, मण्डोर, बीकानेरबाट उनले राजपुत पोशाक तयार पारे । बाडमेर, जेसलमेर, नागोर जस्ता स्थानबाट मोजडी र अन्य केही कष्ट्युम तयार पारे । यो काम गर्न करिब दुई वर्ष लाग्यो ।
फिल्ममा मोहम्मद गौरीको शासनकाललाई देखाइएको छ । यसका लागि निर्देशकलाई अफगानी साम्राज्य देखाउन आवश्यक थियो । पहिरन पनि त्यही समयको चाहिएको थियो । त्यहीकारण निर्माताहरुले काबुलबाट विशेष किसिमको कपडा मगाए । उनीहरुले अफगानी चाँदी मगाएर पनि त्यो समयको गहना तयार पारे । यो गहना मोहम्मद गौरीको लागि बनाइएको थियो । बाँकी अफगानी चरित्रका लागि लद्दाखबाट कपडा मगाइएको थियो ।
















इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया