कांग्रेस नेता निधिलाई प्रमुख अतिथि बनाउँदा विवादमा तानिए जनकपुरका नवनिर्वाचित मेयर

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम करिब अन्तिम अवस्थामा पुगेको छ । यसपटकको निर्वाचनमा काठमाडौँ महानगरको मेयर पद नै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी हुने निश्चित भएको छ ।
यस्तै, यसपटकको निर्वाचनमा तीन उपमहानगरमा समेत स्वतन्त्र उम्मेदवार विजयी भए । जसमा धनगढी, धरान र जनकपुरधाममा दलका उम्मेदवार पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भए ।
धनगढी र धरानका स्वतन्त्र उम्मेदवार विजयी भएसँगै पदभार ग्रहण गरी आफ्नो काममा लागेका छन् । तर, जनकपुरधाममा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा विजयी भएका मनोजकुमार साह सुडी विवादमा तानिएका छन् ।
मेयरमा साह विजयी भएसँगै आज आयोजित सपथ ग्रहण समारोहमै विवाद उत्पन्न भएको हो । उनले सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएका थिए ।
आजै जनकपुरधाम पुगेका निधिलाई लिन साह विमानस्थल नै पुगेका थिए । यस क्रममा उनले आफू स्वतन्त्र उम्मेदवार नभई कांग्रेसकै उम्मेदवार भएकोसम्म भन्न भ्याए ।
संयुक्त रुपमा सपथ ग्रहण गर्न आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता निधि प्रमुख अतिथिका रुपमा पुगेपछि निर्वाचिन नेकपा एमाले प्रतिनिधिहरूले बहिष्कार गरेका छन् । एमालेका निर्वाचिन प्रतिनिधिहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् ।
मेयरमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याएका थिए । उनले नेकपा एमालेका मेयर उम्मेदवार शिव शंकर साह पराजित गरेका हुन् । शिव शंकरले ९ हजार ५३२ मत पाए ।
यस्तै, कांग्रेससहितको सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी लालकिशोर साहले ५ हजार १९४ मत पाए । उनी चौथो भएका छन् ।
















पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
प्रतिक्रिया