विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौं । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
उनले एक विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।
गत आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै आफ्नो घटनाक्रम सुनाएकी छन् ।
आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२र७३ मा उनीमाथि यौन शोषण गरेको बताएकी छिन् । १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले पटक पटक बलात्कार गरेको उनले जनाएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रिन्सिपलको तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।
पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थालेको पिडितले सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया