बुधबार, माघ ७, २०८२

श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ

मेरोन्यूज २०७९ जेठ १२ गते १७:२५

काठमाडौँ । श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्या आरोपमा जहदा गाउँपालिका २ का ४३ वर्षीय दिनेश कुमार राजभर पक्राउ परेका हुन् ।

घरायसी विवादले राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रडले हानेका थिए । श्रीमतीको हत्यापछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया