बिहीबार, माघ ८, २०८२

चर्चित मोडलको ‘अश्लिल भिडियो’को आडमा ७ करोडको बार्गेनिङ गर्ने ७ जना कसरी पक्राउ परे ?

मेरोन्यूज २०७९ जेठ १३ गते २२:०५

काठाडौं । काठमाडौंको सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनको ल्यापटप मर्मत गर्ने पसल पनि छ । एक दिन उनिहरुको पसलमा एक जना मोडल ल्यापटप बनाउन आँउछिन् । मोडलले बनाउन छोडेको ल्यापटपमा उनको अश्लिल भिडियो भेटिन्छ । अश्लिल भिडियो भेटिएपछि पसले श्रवण र सुरजले सो भिडियो आफ्नो डिभाइसमा कपी गर्छन् ।

मोडलको अश्लिल भिडियो हात परेपछि उनिहरुले ती महिलासँग पैसाको बार्गेनिङ गर्ने योजना बनाउँछन् । र योजना अनुरुप नै उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गर्छन् । उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । वसन्ता करिब ६ महिना अघिसम्म एउटा अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर थिइन् । ७ जनाको बीचमा छलफल भएपछि सो भिडियो मेटाउन उनीहरु ७ करोड माग्ने निष्कर्षमा पुग्छन् ।

उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पछि उनी प्रहरीकहाँ पुगिन् ।

र सोही योजना बमोजिम बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट महानगरीय अपराध अनुसन्धान कार्यालयले सातै जनालाई पक्राउ गर्छ । पक्राउ पर्नेमा बझाङ घर भएका धर्मराज थापा र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । धर्मराज पत्रकारितामा आवद्ध छन् । सुजन आचार्य पनि आफुलाई पत्रकार दावी गर्छन् ।

आफुलाई पत्रकार दावी गर्दै आएका सुजन आचार्य दुई वर्षअघि प्रहरीसँग मिलेर मकवानपुरमा हिरा लुटेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया