बैंगलोरलाइ हराउँदै राजस्थान फाइनलमा

काठमाडौं । जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो ।
नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले १०६ रनको अविजित इनिङ खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो सतक हो ।
यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए । बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो ।
बैंगलोरका रजत पटिडरले सर्वाधिक ५८ रन बनाएका थिए । यसबाहेक बैंगलोरको खातामा कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडेको थिए ।
राजस्थानका प्रसिद्ध क्रिष्णा र ओबेड म्याकोनीले समान तीन विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया