विमानस्थलमा उडानसम्बन्धी जानकारी दिने डिस्प्लेमा अश्लील सामग्री प्रसारण भएपछि…

रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ । यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा संघीय प्रहरीलाई रिपोर्ट गरेको छ ।
सान्तोस डुमोन्ट एयरपोर्टमा अश्लील प्रदर्शनले धेरै यात्रुहरूलाई असहज बनाएको थियो । दृश्यका कारण धेरै मानिसहरू छक्क परेका थिए भने केहीले आफ्ना बच्चाहरूलाई वयस्क सामग्री हेर्नबाट जोगाउन व्यस्त थिए । घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडियो क्लिपमा मानिसहरु हाँसेको पनि देख्न सकिन्छ ।
विज्ञानपन कम्पनीको लापरबाहीले त्यस्ता घटना भएको विमानस्थल स्रोतले जनाएको छ । ह्याक गरिएका स्क्रिनहरूबारे विमानस्थल प्राधिकरणले अनुसन्धान गरेको छ । ‘हामी जोड दिन्छौं कि हाम्रो मिडिया स्क्रिनमा देखाइने सामग्री विज्ञापन अधिकार भएका कम्पनीहरूको जिम्मेवारी हो’, इन्फ्रारोले भनेको छ ।
सूचना सेवाहरू अर्को कम्पनीलाई आउटसोर्स गरिएको विमानस्थल प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया