विमानस्थलमा उडानसम्बन्धी जानकारी दिने डिस्प्लेमा अश्लील सामग्री प्रसारण भएपछि…

रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ । यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा संघीय प्रहरीलाई रिपोर्ट गरेको छ ।
सान्तोस डुमोन्ट एयरपोर्टमा अश्लील प्रदर्शनले धेरै यात्रुहरूलाई असहज बनाएको थियो । दृश्यका कारण धेरै मानिसहरू छक्क परेका थिए भने केहीले आफ्ना बच्चाहरूलाई वयस्क सामग्री हेर्नबाट जोगाउन व्यस्त थिए । घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडियो क्लिपमा मानिसहरु हाँसेको पनि देख्न सकिन्छ ।
विज्ञानपन कम्पनीको लापरबाहीले त्यस्ता घटना भएको विमानस्थल स्रोतले जनाएको छ । ह्याक गरिएका स्क्रिनहरूबारे विमानस्थल प्राधिकरणले अनुसन्धान गरेको छ । ‘हामी जोड दिन्छौं कि हाम्रो मिडिया स्क्रिनमा देखाइने सामग्री विज्ञापन अधिकार भएका कम्पनीहरूको जिम्मेवारी हो’, इन्फ्रारोले भनेको छ ।
सूचना सेवाहरू अर्को कम्पनीलाई आउटसोर्स गरिएको विमानस्थल प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ ।
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया