बुधबार, माघ २१, २०८२

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०७९ जेठ १४ गते १८:१३

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ नाम्दीखोला नजिकै साँझ ५ः३० बजे सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया