बेपत्ता विमान लेते क्षेत्रमा दुई पटक घुम्यो, केहीबेरमै ठूलो आवाज आयो
मेरोन्यूज
२०७९ जेठ १५ गते १२:२५
काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ ।
मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ दुईपटक घुमेको बताएका छन् । बादल लागेकाले नदेखिएको तर ठूलो आवाज आएको उनीहरूले बताएका छन् ।
‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन्, प्रहरीले पनि त्यो आवाज सुनेको भन्ने छ,’ एक स्थानीय पत्रकारले भने, ‘बादलले टम्मै छ, कतै केही देखिँदैन, हल्का पानी परिरहेको छ ।’
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रीत भएर खोजीमा जुटेको छ । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना थिए ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया