ग्यास हटाउने सरकारी योजना, सिंहदरबारबाटै शुरु गरिने
मेरोन्यूज
२०७९ जेठ १५ गते १८:०९

काठमाडौं। सरकारले ग्यास विस्थापनका लागि परल मूल्यमा बेच्ने घोषणा गरेको छ। खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय प्रयोगलाई बढावा दिन परल मूल्य तोक्ने घोषणा गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत यो घोषणा गरेका हुन्। विद्युतीय चुल्हो प्रयोगलाई बढावा दिन साउनभित्रै सिंहदरबारबाट ग्यास सिलिण्डर प्रयोग हटाइने घोषणा समेत बजेटमा गरिएको छ।
तीन वर्षभित्र महानगर र उपमहानगरबाट ग्यास विस्थापित गर्ने बजेटमा छ। अहिलेकै मूल्य तय भएमा ग्यासको भाउ २६७९ रुपैयाँ कायम हुनेछ। अहिले ग्यासमा आयल निगमले ८ सय ७९ रुपैयाँ अनुदान दिएर सिलिण्डरको १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया